Comments Add Comment

नेताहरुको कार्यविभाजन गर्न माधव नेपालको संयोजकत्वमा कार्यदल

१९ पुस, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठकले नेताहरुको जिम्मेवारी विभाजन गर्न कार्यदल गठन गरेको छ । प्रचण्ड-माधव समूहले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो ।

गठित कार्यदलले नेताहरुको जिम्मेवारी निर्धारणबारे मापदण्ड बनाउने स्थायी कमिटी सदस्य योगेश भट्टराईले बताए । ‘यो कार्यदलले चार/पाँच दिनभित्र कहाँ–कहाँ, क-कसलाई जिम्मेवारी दिने हो भन्ने सिफारिस गर्छ’, भट्टराईले भने ।

कार्यदलमा सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, घनश्याम भूसाल, वेदूराम भूसाल, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, गोकर्ण बिष्ट, वर्षमान पुन, मातृका यादव र शक्ति बस्नेत छन् । यो कार्यदलले पार्टी र जनसंगठनमा रिक्त रहेको पद पूर्ति गर्ने, जिम्मेवारी हेरफेर गर्ने लगायत सिफारिस गर्नेछ ।

तर, नेकपा ओली समूहमा लागेकाहरुलाई तत्काल संगठनबाट ननिकाल्ने निर्णय गरेको छ । ओली समूहले पनि प्रचण्ड-माधव समूहमा लागेकाहरुलाई कायमै राखेर महत्वपूर्ण जिम्मेवारी भने खोसेको छ भने पार्टी र जनसंगठनको केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको छ । प्रचण्ड-माधव समूहले पनि उस्तै नीति लिने भएको छ ।

बैठकले असंवैधानिक संसद विघटनमा आन्दोलनका लागि पूरा शक्ति लगाउने निर्णय गरेको छ । त्यसका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा केन्द्रीय जनसंघर्ष समिति बनिसकेको छ ।

थप छलफल र समन्वय नेताहरुलाई जिम्मेवारी दिइएको छ । सञ्चार क्षेत्रको समन्वय गर्न योगेश भट्टराईलाई जिम्मेवारी दिइएको छ भने नागरिक समाजसँग समन्वय गर्न लिलामणि पोखरेल, रघुजी पन्त लगायतलाई जिम्मेवारी दिइएको छ ।

आजको बैठकले स्थायी कमिटी बैठकमा छलफल हुने एजेण्डाहरु तय गरेको छ । अर्को, बैठक भोलि दिउँसो एक बजे बस्नेछ । पेरिसडाडाँमा माधव नेपालको अध्यक्षतामा बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment