Comments Add Comment

अलिबाबा संस्थापकले दुई महिनामै कसरी गुमाए ११ अर्ब डलर ?

चिनियाँ अर्बपति तथा अलिबाबा कम्पनीका संस्थापक ज्याक माका लागि सन् २०२० को उत्तरार्ध निकै खराब रह्यो ।

अक्टोबर महिना यता मात्र ज्याकले करीब ११ अर्ब डलर गुमाएका छन् । नेपाली रुपैयाँमा गणना गर्दा यो १५ खर्ब भन्दा धेरै हुन्छ ।

गत वर्ष एकपटक उनको सम्पत्ति करीब ६१ अर्ब ७० करोड पुगेको थियो र उनी झण्डै चीनका सबैभन्दा धनी बनेका थिए ।

ब्लुम्बर्ग बिलिनेयर्स इन्डेक्सका अनुसार वर्षको अन्त्यमा भने उनको कूल सम्पत्ति घटेर ५० अर्ब ९० करोड डलरमा झरेको छ । उनी चीनका सर्वाधिक धनी व्यक्तिको सूचिमा चौथो स्थानमा रहेका छन् ।

इतिहासको सबैभन्दा ठूलो आइपिओ

ज्याक माको सबैभन्दा ठूलो समस्या तब सुरु भयो जब उनका सबैभन्दा ठूला योजना मध्येको एक योजनामा अड्चन उत्पन्न भयो । होर्मिगाको आइपिओ जारी गर्ने कार्य अन्तिम समयमा रोकिनु उनका लागि दुर्भाग्य सावित भयो ।

नोभेम्बरको सुरुवातसम्म सबै ठीक थियो र यसलाई इतिहासको सबैभन्दा ठूलो आइपिओ बताइएको छ । तर त्यो सोँचेजस्तो भएन ।

लगानीकर्ताहरुले हङ्गकङ्ग तथा सांघाई स्टक एक्सचेन्जमा होर्मिगा सेक्योरिटिज कम्पनीको आइपिओ खरीद गर्नका लागि पर्खिरहेका थिए ।

उक्त आइपिओ करीब ३४ अर्ब ४० करोड डलरको थियो । तर अन्तिम समयमा चीन सरकारको वित्तिय नियामक निकायले प्रश्न उठाएसँगै प्राथमिक शेयर निष्कासन रोकियो ।

कतिपय विश्लेषकहरुले यसलाई एन्ट ग्रुप जस्ता विशाल समूह तथा स्वयं ज्याक मा को प्रगतिमा लगाम लगाउने बेइजिङको कदमको रुपमा विश्लेषण गरेका छन् ।

‘ज्याक मा’को भनाइ

बीबीसीका सिंगापुर संवाददाता टिमोथी म्याकडोनाल्डका अनुसार ज्याक मा ले प्रायः यस्ता कुराहरु बोल्दथे जुन चीन सरकारलाई असहज लाग्दथ्यो र सोही कारण नै होला सरकारले उनीमाथि लगाम लगाउन चाहेको थियो ।

वास्तवमा ज्याक मा चीनको प्राविधिक प्रगतिको सम्भावना तथा क्षमताको प्रतिकबाट माथि उठ्दै सरकारका लागि एक खतरा बन्न थालेका थिए ।

ज्याक मा ले चीनका सरकारी बैंकहरुको आलोचना गर्दै सरकारी बैंकहरु कुनै उन्नत आइडिया विहिन कठपुतली पसल बनेको भनी टिप्पणी गरेका थिए । सोही कारण पनि चिनियाँ अधिकारीहरु ज्याकसँग चिढिएका थिए ।

आइपिओ रोक्ने सरकारी कदमपछि होर्मिगा ग्रुप कम्पनीका लागि समस्याको पहाड सिर्जना भएको हो ।

डिजिटल फाइनान्स

एन्ट ग्रुपको सबैभन्दा लोकप्रिय सेवाको रुपमा रहेको अलिपे अलिबाबाको पेमेन्ट प्लाटफर्मको रुपमा विकास भएको थियो । यसले खरीदकर्ताहरुको पैसा एउटा कोषमा तबसम्म राख्दत जबसम्म अनलाइनबाट खरीद गर्ने ग्राहकहरुले उसका सामानहरु किन्दैनन् ।

अलिबाबाको प्रगतिमा अलिपेको ठूलो हात छ । चीनमा क्रेडिट कार्डको तुलनामा अलिपेको अत्यधिक प्रयोग हुने गरेको छ ।

आइपिओलाई निलम्बन गरे लगत्तै हङ्गकङ्ग स्टक एक्सचेन्जले भनेको छ कि सायद सूचिकरणका मापदण्ड तथा पारदर्शिताका आवश्यक शर्तहरु पूरा नगरेको हुनाले त्यस्तो भएको हुनसक्ने जनाएको छ ।

साथै डिजिटल वित्त सम्बन्धी नियामक माहौलमा भएको पछिल्लो परिवर्तन पनि उक्त अडचनको कारण हुन सक्दछ ।

चिनियाँ कम्पनीहरुका बारेमा सल्लाह दिने मार्कम बन्र्सटीन एण्ड पिन्चुक कम्पनीका निर्देशक ड्रयू बन्र्सटीन भन्छन्, ‘यो एक शानदार धन्धा थियो । तर मलाई लाग्दैन कि चीनले यसमा कुनैपनि सम्झौता गर्नेछ । उसले कुनै एक सम्झोताका लागि आफ्नो वित्तिय प्रणालीलाई जोखिममा पार्नेछैन ।’

स्वस्थ प्रतिस्पर्धाको अभाव

केही दिनअघि चीनको केन्द्रीय बैंकले होर्मिगा ग्रुपको कामकाजलाई पुनः व्यवस्थित गर्ने आदेश दिएको थियो ता कि यसले आफ्नो कर्जा, विमा तथा सम्पत्ति व्यवस्थापन सेवालाई दुरुस्त गर्न सकोस् ।

पिपुल्स बैंक अफ चाइनाका डेपुटी गभर्नर प्यान गंगशेंगका अनुसार खराब कर्पोरेट गभर्नेन्स, कतिपय नियमहरु पालना नगरेको तथा गलत तरिकाले आफ्ना प्रतिस्पर्धीहरुलाई पछि पार्नका लागि ग्रुप होर्मिगाले गरेका क्रियाकलापहरुका बारेमा नियामक अधिकारीहरुले विश्लेषण गरिरहेका छन् ।

होर्मिगा ग्रुपले भने नियमन सम्बन्धी आवश्यकताहरु लागू गर्नका लागि एक कमिटी गठन गर्ने जनाएको छ ।

यद्यपि कतिपय विज्ञहरु भने चीन सरकारले ल्याएको कडा नियमन नीतिको उद्धेश्य नै ज्याक मालाई घेर्नु हो ।

जबकि कतिपयले चाहीँ वित्तिय क्षेत्रको सुधार चीन सरकारको लामो समयदेखिको नीतिगत लक्ष्यको रुपमा रहेको हुनाले कुनै एक उद्यमी तथा कम्पनीसँग यसको कुनै सम्बन्ध नरहेको बताउँछन् ।

अलिबाबा चीनमा सबैभन्दा ठूलो भुक्तानी प्रदायक प्लाटफर्मको रुपमा काम गर्दछ र यसको अलिपे सर्भिका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ७३ करोड छ । तथापि कम्पनीको वित्तिय गतिविधिहरुमाथि नियामकहरुले सबैभन्दा धेरै चिन्ता जाहेर गरेका छन् ।

ज्याक एक्लो होइनन्

यद्यपि ज्याक मा पछिल्लो विवादको केन्द्रमा छन् तथापि उनी त्यस्तो एक्लो व्यक्ति होइनन् जसले नियमनमा गरिएको कडाईको सामना गर्नु परिरहेको छ ।

चीनको सबै वित्तिय प्रविधि क्षेत्र नै सरकारी नियामक निकायको निसाना बनेको छ । कतिपय कम्पनीहरुले त आफ्ना कामकाजका तरिकाहरुमा परिवर्तन सुरु गरेका छन् ता कि आफुलाई नयाँ नियम मुताबिक ढाल्न सकियोस् ।

उदाहरणका लागि जेडी डिजिट्स, टेनसेन्ट, बाइडू र लुफ्याक्सले आफ्ना प्लाटफर्ममा ब्याजवाला निक्षेप बिक्रि बन्द गरिसकेका छन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment