Comments Add Comment

लाउटारो मार्टिनेजको ह्याट्रिकले इन्टर शीर्ष स्थानमा उक्लियो

१९ पुस, काठमाडौं । लाउटारो मार्टिनेजले ह्याट्रिक गरेपछि क्रोटोनेलाई फराकिलो गोल अन्तरले पराजित गर्दै इन्टर इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लेको छ ।

मार्टिनजेले ह्याट्रिक गरेपछि सुरुमै एक गोलले पछि परेको इन्टरले क्रोटोनेलाई ६-२ ले पराजित गरेको हो ।

खेलको १२ औं मिनेटमा निकोले जानेलाटोले गोल गर्दै क्रोटोनेलाई अग्रता दिलाएका थिए । तर २०औं मिनेटमा इन्टरका मार्टिनेजले रोमेलु लुकाकुको पासमा गोल गर्दै खेल बराबरी गरे ।

३१ औं मिनेटमा क्रोटोनेका लुका मारोनेले आत्मघाती गोल गरेपछि इन्टरले अग्रता लियो । तर ३६ औं मिनेटमा प्राप्त पेनाल्टीमा क्रोटोनेका भ्लादिमिर गोलेमिकले गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए ।

दोस्रो हाफ भने एकपक्षीय जस्तै रह्यो र इन्टरले घरेलु मैदानमा ४ गोल थप्यो । मार्टिनेजले ५७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि इन्टरले ३-२ को अग्रता बनायो । ६४ औं मिनेटमा लुकाकुले गोल गर्दा इन्टरले ४-२ को अग्रता लियो । ७८ औं मिनेटमा मार्टिनजेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । ८७ औं मिनेटमा अच्रफ हाकिमीले गोल गरेपछि इन्टर ६-२ ले विजयी भएको हो ।

जितपछि इन्टर कम्तीमा ६ घण्टाको लागि शीर्ष स्थानमा उक्लेको छ । १५ खेलबाट इन्टरले ३६ अंक जोडेको छ भने इन्टरकै शहरी प्रतिद्वन्दी एसी मिलानको १४ खेलबाट ३४ अंक छ । एसी मिलानले आइतबार नै बेनेभेन्टोसंग खेल्नेछ र उक्त खेलमा जित हात पारे एसी मिलान शीर्ष स्थानमै पर्कनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment