Comments Add Comment

चिनियाँ अर्बपति ज्याक माले दुई महिनामा कसरी गुमाए ११ अर्ब डलर ?

२० पुस, काठमाडौं । चिनियाँ अर्बपति ज्याक मालाई सन् २०२० वर्ष सुखद् बन्न सकेन । उनको सम्पत्ति अक्टोबरयता ११ अर्ब डलरले घटेको छ । नेपाली रुपैयाँमा गणना गर्ने हो भने यो रकम करिब १३ खर्ब रुपैयाँ हुन आउँछ ।

ज्याक माले स्थापना गरेको अलिबाबा चीनको सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । सन् २०२० मा ज्याक माको सम्पत्ति ६१ अर्ब ७० करोड डलरसम्म पुगेको थियो ।

उनी सन् २०२० मा पनि चीनको सबैभन्दा धनी व्यक्ति बन्ने दिशामा थिए । तर त्यसो भएन ।

ब्लूमवर्गको बिलिनियर्स इन्डेक्सका अनुसार ज्याक माको सम्पत्ति घटेर ५० अर्ब ९० करोड डलरमा आइपुगेको छ । र, उनी चिनियाँ अर्बपतिको सूचीमा चौथो स्थानमा छन् ।

इतिहासको सबैभन्दा ठूलो आईपीओ

ज्याकको कम्पनी ग्रुपो होर्मिगाले ३४ अर्ब ४० करोड डलरको आईपीओ जारी गर्ने तयारी गरेको थियो, जसलाई चीनको हालसम्मकै ठूलो आईपीओ मानिएको थियो ।

नोभेम्बरको सुरुवातसम्म आईपीओ जारी गर्नेसम्बन्धी प्रक्रिया सबै ठीकठाक थियो । लगानीकर्ताहरु पनि हङकङ र सांघाई स्टक एक्स्चेन्जमा आउने ग्रुपो होर्मिगा सेक्युरिटिजको आईपीओको प्रतीक्षा गरिरहेका थिए ।

तर चिनियाँ फाइनान्सियल रेगुलेटर्सले कम्पनीको आईपीओको विषयमा प्रश्न उठाएपछि ज्याक माको समस्या सुरु भयो । र, यो आईपीओ जारी नै हुन सकेन । केही विश्लेषकहरु यसलाई चीनको एन्ट ग्रुपजस्तो ठूलो समूह र ज्याक माको विस्तारमा नै लगाम लगाउने प्रयासको रुपमा हेरिरहेका छन् ।

ज्याक माको अभिव्यक्ति

ज्याक माले एकपटक खुलेआम चिनियाँ सरकारी बैंकको आलोचना गरेका थिए । सरकारी बैंकले नयाँ सोच नबनाएको भन्दै ‘कठपुतली पसल’सँग तुलना समेत गरेका थिए ।

त्यहीकारण चीन सरकार उनीप्रति नकारात्मक बनेको हुनसक्छ । किनकी ज्याक माको त्यो अभिव्यक्तिपछि नै ग्रुपो होर्मिगाको आईपीओ जारी प्रक्रियामा समस्या बढेको थियो ।

डिजिटल फाइनान्स

आईपीओ निलम्बित गर्दा हङकङ स्टक एक्सचेन्जले ग्रुपो होर्मिगाले सूचीकृत हुन स्थापित मान्यता र पारदर्शिताको नियम पूरा गर्न नसकेको कारण निलम्बन गरिएको बताएको छ । साथै डिजिटल फाइनान्सको नियमनमा गरिएको परिवर्तन पनि अड्चन आउनुको एक कारण हुन सक्ने एक्सचेन्जले बताएको छ ।

चिनियाँ विश्लेषकहरुका अनुसार ज्याक माको कम्पनी शानदार भएपनि चीनले एक कम्पनीको लागि आफ्नो वित्तीय प्रणालीसँग सम्झौता नगर्ने बताए ।

एन्ट ग्रुपको सबैभन्दा लोकप्रिय सेवा अलिपेको अलिबाबाको भुक्तानीको रुपमा भएको थियो । यसले एक ट्रस्टमा ग्राहकले सामन नपाउँदासम्म पैसा राख्ने गरेको थियो । अलिबाबाको विस्तारमा अलिपेको महत्वपूर्ण भूमिका छ । चीनमा क्रेडिट कार्डभन्दा धेरै प्रयोग अलिपेको हुने गरेको छ ।

स्वच्छ प्रतिस्पर्धाको अभाव ?

केही दिनअघि चीनको केन्द्रीय बैंकले ग्रुपो होर्मिगाको कामलाई पुनः व्यस्थित गर्न आदेश दिएको थियो । जसको कारण उसले आफ्नो ऋण, बीमा र वेल्थ म्यानेजमेन्ट सेवालाई चुस्त राख्न सकोस् । पिपुल्स बैंक अफ चाइनाका एक अधिकारीले ग्रुपो होर्मिगाको खराब संस्थागत सुशासन, केही नियम पालना नगरेको र गलत तरिकाबाट प्रतिस्पर्धीलाई उछिन्ने गतिविधि गरेको विषयमा विश्लेषण गरिरहेको बताएका थिए । यसको जवाफमा ग्रुपो होर्मिगाले अर्को एक रेक्टिफिकेसन वर्किङ ग्रुप स्थापना गरी नियामकहरुले तोकेको आवश्यक प्रक्रिया पूरा गर्ने बताएको थियो ।

यद्यपि केही विश्लेषकहरुका अनुसार नियमनबारे ल्याइएको नयाँ नियमको उद्देश्य ज्याक मालाई चारैतिरबाट घेर्नु रहेको बताएका छन् । यद्यपि अन्य विश्लेषकहरुले भने वित्तीय क्षेत्रमा सुधार गर्ने चीनको लामो समयदेखिको नीतिगत लक्ष्य भएकाले यसको कुनै एक व्यवसायसँग केही सम्बन्ध नरहेको बताएका छन् ।

ज्याक माको कम्पनीले चीनमा सबैभन्दा ठूलो भुक्तानी सेवा प्रदायकको रुपमा काम गर्दै आएको छ । कम्पनीको अलिपे सेवामा ७३ करोडभन्दा धेरै मासिक प्रयोगकर्ता छन् । यद्यपि कम्पनीको क्रेडिट गतिविधिमा नियामकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

ज्याक मा एक्लो होइनन्

अहिले चीनमा ज्याक मा विवादमा केन्द्रमा छन् । तर नियामकको कडाइको सामना गर्ने उनी एक्लो व्यक्ति होइनन् । पछिल्लो समय चीनले वित्त–प्रविधि क्षेत्रमा नियमन बढाएको छ, जसका कारण केही कम्पनीले आफ्नो कार्यशैली नै परिवर्तन गरेका छन् । ग्रुपो होर्मिगाको घटनापछि टेन्सेन्ट, बैदु, लुफेक्सजस्ता कम्पनीहरुले आफ्नो कार्यशैलीमा परिवर्तन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment