Comments Add Comment

आफ्नो पछि नलाग्न मिडियालाई रियाको आग्रह

नायिका रिया चक्रवर्ती विगत केही महिनादेखि मिडियाका लागि चर्चाको बिषय बनिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि रिया मिडियाको निशानामा परेकी हुन् । सुशान्तकी प्रेमिका समेत रहेकी रियालाई मिडियाले थुप्रै आरोप समेत लगाएका थिए । यसैले पनि उनी मिडियासँग आक्रोशित छिन् ।

जेलबाट छुटेपछि रिया पहिलो पटक सार्वजनिक रुपमा देखिएकी छिन् । तर, उनले तस्वीर खिच्न चाहने फोटोग्राफरलाई आफ्नो पछि अबदेखि नलाग्न आग्रह गरिन् ।

रिया विगत केही दिनदेखि मुम्बइमा नयाँ घर खोजिरहेकी छिन् । उनका पिताले नयाँ घर खोज्दै गरेको तस्वीर केही दिन अगाडि सार्वजनिक भएको थियो । अब, रिया पनि नयाँ घरको खोजीमा लागेकी छिन् ।

रियालाई हाल उनी बसिरहेको घर खाली गर्न स्थानिय समाजले भनेपछि उनीहरु नयाँ घरको खोजीमा लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment