
२० पुस, काठमाडौं । आगामी फागुन ११ गतेदेखि पुनः सुरु हुन लागेकाे सहिद स्मारक लिगमा ५ जना खेलाडी सब्सिच्युट गर्न पाइने भएकाे छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले साेमबार बी डिभिजन क्लबहरुसँग प्रतियाेगिताकाे रेगुलेसनकाे बारेमा छलफल गरेकाे थियाे । जसमा यसअघि कायम रहेकाे ३ खेलाडी सब्सिच्युटकाे नियमलाई परिमार्जन गर्दै ५ खेलाडी सब्सिच्युट गर्न पाउने नियम बनाएकाे एन्फाले जनाएकाे छ ।
यस्तै क्लबले थप ५ खेलाडी दर्ता गर्न पाउने भएका छन् । यसअघि ३५ खेलाडी दर्ता गर्न पाउनेमा अब ४० खेलाडी दर्ता गर्न पाउनेछन् ।
यस्तै हरेक क्लबले दुई हेल्फ प्राेफेसनल पनि दर्ता गर्न पाउनेछन् । म्याच ३३ देखि म्याच ६६ सम्मकाे खेल तालिका पुरानै यथावत रहने एन्फाले जनाएकाे छ ।
गत डिसेम्बर २३ मा क्लब प्रतिनिधिसँग भएकाे छलफलबाट काेराेना महामारीका कारण २०२० मार्च १८ देखि स्थगित भएकाे बी डिभिजन लिग फेब्रुअरी २३ बाट गर्ने निर्णय गरेकाे हाे ।
प्रतिक्रिया 4