+

युनाइटेडलाई हराउँदै सिटी लिगकपको फाइनलमा

२०७७ पुष  २३ गते ७:४३ २०७७ पुष २३ गते ७:४३
युनाइटेडलाई हराउँदै सिटी लिगकपको फाइनलमा

२३ पुस, काठमाडौं । म्यानचेष्टर डर्बीमा जित हात पार्दै म्यानचेष्टर सी इंग्लिस लिग कप (इएफएल) को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा सिटीले युनाइटेडलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डले युनाइटेडले सिटीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर सिटीले दवस्रो हाफमा दुई गोल गर्‍यो ।

५०औं मिनेटमा जोन स्टोन्स र ८३औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई फाइनल पुर्‍याएका हुन् ।

सिटीले अब अप्रिल २५ मा वेम्लीमा हुने फाइनलमा टोटनहमसंग खेल्नेछ । टोटनहमले पहिलो सेमिफाइनलमा ब्रेन्टफोर्डलाई २-० ले ने पारजित गरेको थियो ।

म्यानचेष्टर युनाइटेड म्यानचेष्टर सिटी लिगकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय