+
फिफा विश्वकप २०२६ :

रोनाल्डोको पेनाल्टी गोलमा पोर्चुगलको बराबरी

२०८३ असार  १९ गते ६:१८ २०८३ असार १९ गते ६:१८

फिफा विश्वकपमा क्रिस्टियानो रोनाल्डोले पहिलो पटक नकआउट चरणमा गोल गरेका छन् ।

१९ असार, काठमाडौं । फिफा विश्वकपमा क्रिस्टियानो रोनाल्डोले पहिलो पटक नकआउट चरणमा गोल गरेका छन् ।

पिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया विरुद्धको राउण्ड ३२ को खेलमा रोनाल्डोले पेनाल्टीमा बराबरी गोल गरेका हुन् ।

टोरन्टोमा भइरहेको खेलमा एक गोलले पछि परेको पोर्चुगलका लागि रोनाल्डोले ६८औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

क्रोएसियाका भ्लासिचले पवर्चुगलका रिकार्डो भेइगाको जर्सी तानेपनि भिएआरको सहयोको रेफ्रीले पवर्चुगललाई पेनाल्टी दिएका थिए ।

यस विश्वकपमा रोनाल्डोको यो तेस्रो गोल हो ।

यसअघि उनले समूह चरणमा उज्वेकिस्तान विरुद्धको खेलमा दुई गोल गरेका थिए ।

विश्वकपमा रोनाल्डोको यो ११औं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा संयुक्त रुपमा नवौँ स्थानमा छन् ।

बराबरीपछि खेल रोमाञ्चक बनेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३औ् मिनेटमा क्रोएसियामा इभान पेरिसिचले गोल गरेका थिए ।

फिफा विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय