२३ पुस, काठमाडौं । कप्तान लिओनल मेस्सीको दुई गोल मद्दतमा बार्सिलोना स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ ।
एक गोलले पछि परेको अवस्थामा सीको दुई र पेड्रीको एक गोल मद्दतमा बार्सिलोनाले विल्वाथोमाथि ३-२ को पुनरागमन जित हात पारेको हो ।
घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै इनाकी विलियम्सले गोल गर्दै विल्वाओलाई अग्रता दिलाए । १४औं मिनेटमा पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
३८औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २-१ को अग्रता बनायो । ६२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोनाले ३-१ को अग्रता बनायो ।
९०औं मिनेटमा इकर मुनिएनले विल्वाओका लागि दोस्रो गोल गरे तर हार टार्न पर्याप्त भएन ।
जितपछि १७ खेलबाट ३१ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट ३६ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ । दुई खेल कम खेलेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4