
२३ पुस, काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेकपाका दुई पक्षबीच अझै पनि एकताको सम्भावना कायमै रहेको बताएका छन् । अहिले भड्किएर हिँडेका नेता कुनै दिन पश्चातापसहित मूलधारमा फर्कने उनको विश्लेषण छ ।
बुधबार साँझ काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री मानन्धरले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनबाट अध्यक्ष बन्न र आगामी चुनावमा नेकपाका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेरै जनताका विचमा जान प्रस्ताव गरे पनि प्रचण्ड सहमत नभएको दाबी गरे । अरुको उक्साहटमा लागेर प्रचण्डले नेपालको राजनीतिक इतिहासै ठूलो अवसर गुमाएको उनले टिप्पणी गरे ।
ताजा जनादेशका लागि जनतामा जाने निर्णयमा सहमत भएर आउन उनले प्रचण्ड–नेपाल समूहलाई आग्रह पनि गरे ।
एकल कन्सर्टमा लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्ड गीत गाएर रेकर्ड वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउन सफल राज्यमन्त्री मानन्धरलाई कार्यक्रममा बालाजु यातायात र तारकेश्वर यातायातले सम्मान गरेका थिए ।
प्रतिक्रिया 4