+
+
Shares

गल्छी–रसुवागढी सडकको रुङ्गा खोलाबाट रातमा सवारी चलाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १३:५६

१९ असार, काठमाडौं । गल्छी–रसुवागढी सडकको रुङ्गा खोला–रसुवागढी खण्डमा रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार सो खण्डमा अर्को सूचना जारी नभएसम्म बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । शनिबारदेखि सवारी साधन सञ्चालनमा रोक लाग्नेछ ।

धरातलीय भिरालोपन, चट्टान–माटोको प्रकृति, नदी किनारका सडकको सम्भावित कटानी र सो क्षेत्रमा हुने सवारी चापबाट हुन सक्ने मनसुनजन्य जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमनमा रोक लगाइएको उनले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?