Comments Add Comment

बीबीएलमा होबार्टको लगातार दोस्रो हार

२३ पुस, काठमाडौं । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा होबार्ट हुरिकेन्सले लगातार दोस्रो हार बेहोरेको छ ।

पर्थमा बिहीबार भएको खेलमा सिड्नी थण्डरले नेपाली लेगस्पीनर सन्दीप लामिछाने आबद्ध होबार्टलाई ३९ रनले पराजित गरेको हो । अघिल्लो खेलमा होबार्ट मेलवर्न स्टार्ससँग पराजित भएको थियो ।

खेलमा होबार्टको लागि सबैभन्दा किफायती बलिङ गरेका सन्दीलपे ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका थिए ।

सिड्नी थण्डरले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय २८ रन मात्र बनाउन सक्यो । होबार्टका लागि कप्तान पिटर ह्यान्ड्सकम्पले सर्वाधिक ३० रन बनाए । यस्तै बेन म्याकडेरमोटले २२, डेविड मालनले २०, डीअर्सी सर्टले १९ र कोलिन इन्ग्रामले १२ रन बनाए ।

सिड्नी थण्डरका क्रिस ग्रीन, तनभिर संघा र नाथन म्याकएन्ड्रयुले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नी थण्डरले २० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

सिड्नीका लागि उस्मान ख्वाजाले सर्वाधिक ४९ रन बनाए । यस्तै एलेक्स रोसले ४४ र कटिङ ३१ रनमा अविजित रहे ।

होबार्टका डीअर्सी सर्टले ३ विकेट लिए । सन्दीपले १ विकेट लिए ।

यस सिजन तीन खेल खेलिसकेका सन्दीपले लगातार तीन खेलमा विकेट लिएका हुन् । यसअघि मेलवर्न स्टार्स विरुद्धको दुवै खेलमा उनले विकेट लिएका थिए । सन्दीपले यस सिजन ३ खेलबाट ४ विकेट लिएका छन् ।

यस सिजन छैटौं जित हात पारेको सिड्नी थण्डर ८ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । ९ खेल खेलिसकेको होबार्ट भने १९ अंकसहित तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment