+

जिदान आइसोलेसनमा

२०७७ पुष  २४ गते ९:३१ २०७७ पुष २४ गते ९:३१
जिदान आइसोलेसनमा

२४ पुस, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदान आइसोलेसनमा बसेका छन् । कोभिड-१९ पोजेटिभ भएको व्यक्तिसँग सम्पर्कमा रहेपछि जिदान सेल्फ आइसोलेसनमा बसेका हुन् ।

जसले गर्दा उनले बिहीबारको प्रशिक्षण समेत गुमाए । भाल्डेबेबासमा भएको क्लबमा प्रशिक्षणमा जिदान उपस्थित हुन सकेनन् ।

त्यसपछि जिदानले कोभिड-१९ परिक्षण गराएको र उनको एन्टिजन र पिसिआर परीक्षण दुवै नेगेटिभ आएको स्पानिस अनलाइन मार्काले उल्लेख गरेको छ ।

जिदानले अब स्पेन सरकार स्थानीय तह र ला लिगाको नियमअनुसार प्रोटोकल पालना गर्नुपर्ने हुन्छ ।

यदि जिदानले पोजेटिभ भएको व्यक्तिगतसँग धेरै नै नजिक भएका छन् भने उनले दुई हप्ताको सेल्फ आइसोलेसनमा बस्नुपर्ने हुन सक्छ । तर जिदानको परीक्षण नेगेटिभ आएकाले उनी १० दिन मात्र आइसोलेसन बसे पनि हुने मार्काले जनाएको छ ।

यदि त्यसो भएमा जिदानले शनिबार ओसासुनाविरुद्धको खेल मात्र गुमाउने छैनन् बिहीबार एथ्लेटिक विल्वाओविरुद्ध हुने स्पानिस सुपर कपको खेल पनि गुमाउनेछन् ।

यदि विल्वाओलाई पराजित गर्दै रियल सुपर कपको फाइनल पुगेमा जिदान उपलब्ध हुनेछन् ।

जिनेदिन जिदान रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय