Comments Add Comment

ग्रानडालाई ४ गोलले पराजित गर्दै बार्सिलोना तेस्रो स्थानमा

२६ पुस, काठमाडौं । कप्तान लिओनल मेस्सी र एन्टोनी ग्रिजम्यानको दुई/दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगामा ग्रानडालाई ४-० ले पराजित गरेको छ ।

सहज जितपछि बार्सिलोना फेरि तेस्रो स्थानमा उक्लेको छ । उता दोस्रो स्थानको रियल मड्रिड भने ओसासुनासंग गोलरहित बराबरीमा रोकिएको छ ।

ग्रानडाको मैदानमा भएको खेलमा बार्सिलोनाले तीन गोल पहिलो हाफमा गरेको थियो भने दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको १२औं मिनेटमै एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा ग्रिजम्यानकै पासमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर पारे । ४२औं

मिनेटमा मेस्सीले प्रिकिकमा गोल गर्दै पहिलो हाफमै ३-० को अग्रता दिलाए ।

६३औं मिनेटमा ग्रिजम्यानले नै व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को अग्रता बनाए ।

७८औं मिनेटमा जेसस भालेजो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि ग्रानडा १० खेलाडीमा समेटियो । तर बार्सिलोनाले गोल थप्न भने सकेन ।

जितपछि बार्सिलोना १८ खेलबाट ३४ अंक जोड्दै तेस्रो स्थानमा उक्लेको छ । समान खेलबाट रियल ३७ अंकसहित दोस्रो स्थानमा छ । १५ खेलमात्र खेलेको एट्लेटिको मड्रिड ३८ अंकसहित शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment