Comments Add Comment

युटुबमा छोटो समयमै ‘छक्का पन्जा ३’लाई करोड भ्यूज

नेपाली चलचित्र हलमा रिलिज नहुँदा युटुबमा चलचित्र हेर्ने दर्शकको संख्या ह्वात्तै बढेको छ । अझ, हलमा पनि दर्शकले अत्याधिक माया गरेका चलचित्रले युटुबमा पनि दर्शकको उल्लेख्य साथ पाएका छन् ।

यसैले, पनि डिसेम्बर महिनामा युटुबमा रिलिज भएका चलचित्रले दर्शकको साथ राम्रो मात्र पाएका छैनन्, चलचित्र रिलिज गर्ने कम्पनीहरुलाई पनि राम्रै आम्दानी भएको छ ।

युटुबमा सार्वजनिक भएको १७ दिनमै ‘छक्का पन्जा ३’ले १ करोड दर्शकको माया पाएको छ । यो चलचित्रलाई सबैभन्दा छोटो समयमा युटुबमा १ करोड पटक हेरिएको छ । डिसेम्बर २३ मा युटुबमा रिलिज भएको चलचित्रले जनवरी ९ तारिखमा १ करोड भ्यूज पार गरेको छ । १७ दिनमा यो चलचित्रलाई १ करोड दर्शकले हेरेका छन् ।

चलचित्रका कलाकार तथा निर्माता दीपकराज गिरीले हलमा जस्तै युटुबमा पनि दर्शकले माया गरेकोमा खुशी व्यक्त गरे । दर्शकले युटुबमा पनि निकै प्रतिक्षा गरेकाले र सकारात्मक प्रतिक्रिया पाएकाले पनि भ्यूजमा नयाँ रेकर्ड बनेको हो ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाँई लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले हलमा पनि ब्ल्कबस्टर व्यापार गरेको थियो । नेपाली चलचित्रको आजसम्मको इतिहासमा सर्वाधिक कमाई गर्ने चलचित्र ‘छक्का पन्जा ३’ हो ।

यसअघि चलचित्र ‘ए मेरो हजुर ३’ले युटुबमा १९ दिनमा १ करोड भ्यूज पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment