+
+

सुन तोलामा २३ सयले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १२:१३

२६ पुस, काठमाडौं । सुनको प्रतितोला मूल्यमा एकै दिन ठूलो गिरावट आएको छ । शुक्रबारको तुलनामा सुनको प्रतितोला मूल्य २३ सयले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आइतबारका लागि छापावल सुनको प्रतितोला मूल्य ९३ हजार रुपैयाँ तोकेको छ । शुक्रबार ९५ हजार तीन सय रुपैयाँ छापावल सुन कारोबार भएको थियो ।

आजकालागि तेजाबी सुनको प्रतितोला मूल्य ९२ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको प्रतितोला भाउ पनि ६० रुपैयाँले सस्तिएको छ । शुक्रबार १३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आइतबार १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अमेरिकी नयाँ राष्ट्रपतिको आगमनपछि घोषणा हुनसक्ने सहुलियतको आसमा अमेरिकी डलर मजबुत बन्दा सुनको मूल्य घटेको अनतरािष्ट्रय सञ्चार माध्यमले जनाएको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?