+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

वीरगञ्जबाट दुईजना बालक बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १३:५६
शनिबारदेखि बेपत्ता दुई बालक ।

२७ पुस, वीरगञ्ज । वीरगञ्जबाट दुईजना बालक बेपत्ता भएका छन् । वीरगञ्जका व्यवसायी जगरनाथ कलवारका छोरा शिवेश गुप्ता (तेजस) र वीरगञ्ज–४ विर्ता बस्ने दिपेश शर्माको छोरा प्रनेश शर्मा वेपत्ता भएका हुन् । हराएका बालकहरु गौतम स्कुलमा कक्षा ६ मा अध्यनरत थिए ।
शनिबार बिहान होम ट्युसन पढेपछि साइकल लिएर निस्केका उनीहरु घर फर्किएका छैनन् । बालकहरु परिवारको सम्पर्कमा नआउँदा परिवार चिन्तित छन् ।

दिनभर आफन्त साथीभाइकोमा खोजी गर्दा नभेटिएपछि शनिबार नै प्रहरीलाई खबर गरिएको छ । प्रहरी र परिवार मिलेर बालकहरुको खोजी भइरहेको छ ।

होम ट्युसनपछि घरबाट खेल्न निस्केको छोरा रातिसम्म नआएपछि खोजी सुरु गरिएको शिवेशको बुवा जगरनाथ कलवारले जानकारी दिए । ‘केही मागेर नल्याइदिएको पनि हैन, घरमा झगडा गरेको पनि थिएन,’ उनले भने, ‘घरबाट सँधै जस्तै निस्केको मान्छे फर्केर नआएपछि साथीभाइ आफन्तकोमा खोजी गर्‍यौं । नभेटिएपछि प्रहरीको सहयोग लिएका छौं ।’

यातायात व्यवसायी कलवारको होटल व्यवसायमा समेत लगानी छ । त्यसैले बालकहरुको अपहरण भएको हुनसक्न आशंका कतिपयले गरेका छन् । तर बालकहरु अपहरणमा परेका हुन वा कतै गएका हुन ? यकिन भइसकेको छैन । अहिलेसम्म कतैबाट फोन नआएको कलवारले बताए । प्रहरीलाई जानकारी गराएपछि प्रहरी टोली पनि बालहरुको खोजीमा खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे जानकारी आए लगत्तै सूचना संकलन र खोजी सुरु गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले बालकहरुको खोजीमा प्रहरी गम्भीर भएर लागि परेको बताए ।

‘घरबाट साइकल र व्याग लिएर निस्किएका रहेछन् । कता गए भन्ने यकिन भइसकेको छैन,’ उनले भने, ‘ खोजीका लागि प्रहरी टोली खटाएका छौं । उनीहरुले हिजैदेखि काम गरिरहेका छन् ।’

इलाका प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरीले परिवारसँग सम्पूर्ण सूचना लिएर सम्भावित ठाउँहरुमा खोजी गरिरहेको बताए । ‘बालकहरु घरबाट निस्केपछि कतातिर गए भनेर वीरगञ्जका सबैजसो सीसीटीभीहरु हेरिरहेका छौं,’ उनले भने, ‘ एक ठाउँको सीसीटीभीमा देखिएको छ । उनीहरु गएको रुट थाहा भएपछि खोज्न थप सहज हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?