+
+
Shares

ट्याक्टरको ट्रलीले किचेर बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १४:२३

२६ पुस, धनकुटा । धनकुटा बजारमा ट्याक्टरको ट्रलीले किचेर एक स्कुले बालिकाको मृत्यु भएको छ ।

आइतबार बिहान विद्यालय जाँदै गरेकी धनकुटा नगरपालिका वडा नं. ८ पेलेकपाङ्ग घर भएकी १५ वर्षीया रेबिका आठपहरिया राईको ट्याक्टरको ट्रलीले किचेर घटनास्थलमै मृत्यु भएको हो ।

उनलाई धनकुटा नगरपालिका–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्बरको ट्याक्टरको ट्रलीले विहान ९ः३० बजे किचेको हो । उनी धनकुटा नगरपालिका–७ मा रहेको त्रिवेणी माविमा कक्षा–९ मा अध्ययनरत थिइन् ।

धनकुटा–७ का देवी श्रेष्ठको निर्माणाधीन घरमा बालुवा अनलोड गर्ने क्रममा ट्याक्टरको हाइड्रोलिक ट्रली पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । ट्याक्टर चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?