+
+

नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा सुनुवार चुनिए

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १८:२४

कतार । नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चुनिएका छन् ।

शिव कुमार भुजेलको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यमा सम्पन्न आठौं अधिवेशनले अध्यक्षमा पुरुषोत्तम सुनुवारलाई चयन गरेको हो ।

बरिस्ठ उपाध्यक्षमा भाइकाजी गुरुङ, प्रथम उपाध्यक्षमा राम कुमार मण्डल र द्वितीय उपाध्यक्षमा राजेन्द्र साम्याङ्खाम चयन भएका छन् ।

यसैगरी महासचिवमा एकराज राई, उपमहासचिवमा धिरेन तामाङ र सचिवमा युवराज भुजेल चुनिएका छन् । हरि महतो कोषाध्यक्षमा र रविलाल ताजपुरिया सहकोषाध्यक्ष चयन भएका छन् ।

विभागीय सचिवहरुमा मिलन भुजेल, विवश मादेन लिम्बु, रामेश्वर मण्डल, आङ मिङ्मार शेर्पा, ओम कृष्ण तयाजु, घनश्याम चौधरी लगायत १९ जना संघीय परिषद सदस्यहरु निर्वाचित भएका नेपाल आदिवासी जनजाति महासंघ कतारका महासचिव एकराज राईले जानकारी दिए ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा नेफिन केन्द्रका विदेश बिभाग प्रमुख गोबिन्द छन्त्याल, नेफिन कतारका प्रमुख सल्लाहकार देवराज राई, विशेष सल्लाहकार सियाराम चौधरी, संस्थापक तथा सल्लाहकार बिल बहादुर गुरुङ, सुक बहादुर तामाङ, सल्लाहकार सदस्यहरु एनआरएनएएनसीसी कतारका कार्यवाहक अध्यक्ष उत्तम गुरुङलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?