+
+
Shares

मध्यपश्चिम विश्वविद्यालयमा भएको प्रहरी दमनको नेविसंघद्वारा निन्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २७ गते ८:२१
प्रहरी दमनबाट घाइते भएका विद्यार्थीहरु

२७ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुमाथि भएको प्रहरी दमनको निन्दा गरेको छ ।

विद्यार्थीहरु माथिको दमनमा संलग्नहरुलाई कानुनी कारबाही नभए विद्यार्थीहरु आफैं कारबाही गर्न बाध्य हुने चेतावनी नेविसंघले दिएको छ ।

आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर, सिंहले ज्ञापन पत्र बुझ्न नमानेपछि स्थिति तनावग्रस्त भएको थियो । प्रहरीले विद्यार्थीहरुमाथि लाठीचार्ज, अश्रुग्यास र हवाईफायर गरेको विद्यार्थीहरुको भनाइ छ ।

नेविसंघ अध्यक्ष राजीव ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विद्याको पवित्र मन्दिरमा आफ्ना शैक्षिक मागहरु उपकुलपति समक्ष प्रस्तुत गर्न जाँदा तिनै उपकुलपतिको ठाडो आदेशमा विद्यार्थीहरु माथि यस प्रकारको बर्बर दमन हुनु जति निन्दनीय छ, त्यति नै लज्जाजनक पनि छ ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘राजनैतिक अभिष्ट पूरा गर्न प्राज्ञिक पदहरु हत्याउने अनि विश्व विद्यालयको शैक्षिक उन्नयनका लागि भन्दा शासक बनी विद्यार्थीलाई तर्साउने एवं विश्वविद्यालयलाई भर्ति केन्द्र र कमाउ अखडा बनाउन लागि पर्ने पात्रहरू विश्वविद्यालयका निम्ति मात्र हैन, समाजकै निम्ति कलंक हुन् । यस्ता पात्रको बहिर्गमन अवश्यम्भावी छ ।’

नेविसंघले उक्त घटनामा गम्भीर घाइते भई अस्पतालमा उपचार गराइरहेका मध्यपश्चिम विश्वविद्यालय स्ववियु सदस्य तथा विद्यार्थी नेता रोशन बस्नेत लगायत नेवि संघका नेताहरु तर्कराज शाही, लक्ष्मण बोगटी, राजन केसी, विवेक खड्का एवं न्युटन वलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?