Comments Add Comment

उपत्यकामा विद्युत् अबरुद्ध

२७ पुस, काठमाडौं । सोमबार राति उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत अबरुद्ध भएको छ । राति १० बजे नेपाल विद्युत प्राधिकरण अन्तरगतको स्युचाटार शव स्टेशनमा रहेको सिटी ट्रान्फरमर पड्किँदा विद्युत् अबरुद्ध भएको हो । घटनामा सामान्य आगलागी समेत भएको थियो ।

लगत्तै मर्स्याङ्दी–काठमाडौं प्रशारण लाइनबाट आउने विजुली अबरुद्ध हुन पुगेको थियो । त्यसले आंशिकरुपमा विद्युत सेवा अबरुद्ध हुन पुगेको भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले अनलाइनखबरलाई बताए । उनले वैकल्पिक माध्यममार्फत विद्युत सेवा सूचारु गरिएको र शव स्टेशनमा मर्मतको कार्य सुरु भएको समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment