+
+

प्राध्यापकहरुले गरे मप विश्वविद्यालय प्रशासनको निन्दा

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते १०:३१
विश्वविद्यालय प्रशासनको दमनपछि उपकुलपतिको पुत्ला जलाउँदै विद्यार्थी ।

२८ पुस, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप)का प्राध्यापकहरुले विश्वविद्यालय प्रशासनले बल प्रयोगको नीति अवलम्बन गरी द्वन्द्व बढाउने कार्य गरेको भन्दै निन्दा गरेका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, नेपाल प्राध्यापक समाज र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनको निन्दा गरेका हुन् ।

शैक्षिक मागहरु राखेर ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीहरुमाथि यही पुस २६ गते प्रहरी लगाएर गरिएको दमनको सन्दर्भमा उनीहरुले विरोध जनाएका छन् । प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको मनोबल गिराउने प्रवृत्ति विश्वविद्यालय प्रशासनमा देखिएको भन्दै उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘प्राज्ञिक थलोको गरिमा घटाउने गरी पटक-पटक यस्ता गतिविधिहरु पुनरावृत्ति हुँदै गएको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनामा घाइते भएका विद्यार्थीहरुको स्वास्थ्य लाभको कामना गर्दै जायज मागहरु वार्ता र संवादका माध्यमबाट समाधान गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौं ।’

प्राध्यापकहरुले विश्वविद्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरुको सेवा सुविधा नियमित रुपले उपलब्ध गराउन र स्थायित्व प्रक्रिया यथाशीघ्र अगाडि बढाउन पनि माग गरेका छन् ।

ऐन नियमअनुसार विश्वविद्यालय सन्चालन गर्न, लामो समयदेखि रिक्त रहेका पदाधिकारीहरुको नियुक्ति गर्न तथा विश्वविद्यालय सन्चालनमा साझा सहभागीतालाई सुनिश्चित गर्ने कार्यलाई बेवास्ता गरिए कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि प्राध्यापकहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?