
प्रतीकात्मक तस्वीर
२८ पुस, काठमाडौं । बाँकेमा लाठी प्रहार गरी आफ्नै भाइको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका-४ नरैनापुर बस्ने ३० वर्षीय इसाइल खाँ रहेका छन् ।
प्रहरीका अनुसार इसाइलले आफ्नै भाइ १७ वर्षीय रहिस खाँलाई टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही ठाउँस्थित बारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा इसाइलले रहिसको टाउकोमा लाठी प्रहार गरेका थिए ।
इलाका प्रहरी कार्यालय नैनापुर र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले इसाइललाई सोमबार राति नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4