
२८ पुस, काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल प्रचण्डको समूहमा गएको भनेर ओली समूहले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् ।
पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले भनेका छन्, ‘माधव नेपाल प्रचण्डको पक्षमा गयो भन्ने होइन, माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा हामीले एकता गरेका हौं ।’
उनले आफूहरु जालझेल गर्ने पक्षमा समेत नरहेको बताएका छन् । प्रचण्डले प्रधानमन्त्री केपी ओलीमा इमान्दारिता नरहेको बताउँदै भने, ‘केपीको उद्देश्य बेइमानी रहेछ, जालझेलको छलछामको रहेछ । छलछाम पनि नांगै हुने गरी गर्नुहुन्छ । त्यो नांगै गरेको छलछाम मलाई धेरै भन्न पनि लाज लाग्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4