+
+
Shares

बढ्न थाल्यो आरोहण अनुमति, ९ ग्रुपका ४३ जनाले पाए परमिट

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २८ गते १७:०५

२८ पुस, काठमाडौं । लामो समयदेखि ठप्प रहेको पर्यटन गतिविधि क्रमशः चलायमान हुने अवस्था छ । यसै क्रममा पर्वतारोहणमा समेत आरोहण अनुमति बढेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार आइतबारसम्म हिउँदे याममा हिमाल चढ्न कुल ९ टोलीले आरोहण अनुमति लिएका छन् ।

९ टोलीका ४३ जना आरोहीले यस सिजनका लागि आरोहण अनुमति लिएका हुन् । त्यसमध्ये सबैभन्दा धेरै मनास्लु (८१६३ मि.) आरोहणका लागि जाँदैछन् ।

उक्त हिमालका लागि दुई टोलीका १६ आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । थापा पिक (६०१२मि) हिमाल आरोहण गर्न एक टोलीका ११ जनाले अनुमति लिएका छन् । अमादब्लमका चढ्न दुई टोलीका ८ सदस्य जाने भएका छन् ।

लुजा पिकमा ३, क्याङ्गु रीमा १, सुर्मा सरोवरमा २ र रोकापीमा २ जना चढ्ने गरी आरोहण अनुमति जारी भएको विभागले जनाएको छ । अहिले सम्म विभागले आरोहण अनुमतिवापत ८ लाख ७९ हजार रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ । हिउँदे सिजन सगरमाथा आरोहणमा जानु अगाडि तयारी गर्ने सिजन मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?