
२९ पुस, गुल्मी । गुल्मीमा २०७२ सालमा गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुमध्ये १२४ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।
भूकम्प गएको पाँच वर्ष बितिसक्दा अहिलेसम्म १ सय २४ वटा विद्यालय भवनहरुका २ सय ७४ वटा कक्षाकोठाको पुनर्निर्माणको कार्य सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) गुल्मीका प्रमुख पिताम्बर पन्थीले बताए ।
जिल्लामा अहिले ६२ वटा विद्यालय भवनका २ सय ९ वटा कक्षाकोठा निर्माणाधीन अवस्थामा रहेको इकाइ प्रमुख पन्थीले बताए । जसमा ४ कोठे विद्यालय भवन ४० वटा, ३ कोठे विद्यालय भवन ५ वटा र २ कोठे विद्यालय भवन १७ वटा रहेका छन् ।
केन्द्रबाट प्राप्त कार्यक्रम थोरै र जिल्लामा प्रभावित भएका विद्यालयहरु धेरै भएको हुनाले विद्यालय पुनर्निर्माणको काम अझै बाँकी रहेको इकाइ प्रमुख पन्थीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4