Comments Add Comment

सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ 

२९ पुस, डोटी । १७ वर्षीया एक किशोरीमाथि सामूहिक बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी दर्ता भएको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिकाकी एक किशोरीमाथि गत पुस १५ गते दुई जना युवाले सामूहिक बलात्कार गरेको भन्दै बुधबार किटानी जाहेरी दर्ता भएको हो ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको भनी उजुरी परेको पुष्टि गरे । ‘घटना अलि अघिकै रहेछ, दुई पटक सामूहिक बलात्कार भयो भन्ने आरोप छ,’ अधिकारीले भने, ‘जाहेरी दर्ता गरी घटनाको थप अनुसन्धान भइरहेको छ ।’

सामूहिक बलात्कारको आरोपमा दुई जना युवाहरु पक्राउ परिसकेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । पञ्चेश्वर गाउँपालिका–४ का प्रविन चन्द र धर्मेन्द्र चन्दलाई पक्राउ गरिएको उनले बताए । ‘एक जनालाई बैतडीबाट र अर्कोलाई कञ्चनपुरबाट नियन्त्रणमा लिएका छौं,’ प्रहरी नायव उपरीक्षक अधिकारीले भने, ‘दुवैको उमेर करिब २३/२४ वर्षको छ ।’ दुवै जना युवकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment