Comments Add Comment

आफैंले काटेको रुखले च्यापेर एकजनाको मृत्यु

२९ पुस, गोरखा । गोरखामा आफैंले काटेको रुखले च्यापेर एकजनाको मृत्यु भएको छ ।

गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार बिहान रुख काट्ने क्रममा त्यही रुखले च्यापेर पाँचथर घर भएका १८ वर्षीय उमेश राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘रुख काट्ने क्रममा उनका दाजु पनि सँगै रहेछन्, भाइलाई रुखले चेपेपछि दाजुले स्थानीयसँग हारगुहार गरेका रहेछन्,’ डीएसपी वासुदेव खतिवडाले भने,  ‘त्पसपछि घटनाबारे स्थानीयले हामीलाइ खबर गरेका थिए ।’

राईको शव आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरेर मृतकका आफन्तलाई बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment