Comments Add Comment

पुष्पलाल स्मृति ब्याडमिन्टन सुरु, रत्न र प्रिन्सको विजयी सुरुवात

२९ पुस, काठमाडौं । नेपालका पहिलो वरियताका खेलाडी रत्नजित तामाङ र विश्व जुनियर वरियतामा ११ औं स्थानमा रहेका खेलाडी प्रिन्स दाहालले योनेक्स सनराइज १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

नेकपा निकट खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा बुधबारदेखि सिरहाको गोलबजारमा सुरु भएको प्रतियोगिताको पहिलो दिन राष्ट्रिय १६ र्‍याङ्किङको प्रतियोगितामा आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै रत्न र प्रिन्सले विजयी सुरुवात गरेका छन् ।

लिगको पहिलो खेलमा सेनाका रत्नले एपीएफलका सुमन लिम्बुलाई २१ -७, २१ -११ ले तथा दोश्रो खेलमा एपिएफका गौतम कठायतलाई २१ -१८, २१ -१२ को जित निकाले । यस्तै सिल्क ग्रुपका प्रिन्सले पहिलो खेलमा पुलिसका जीवन आचार्यलाई २१-१६, २१-११ ले तथा दोश्रो खेलमा सेनाका रुकेश महर्जनलाई २१-१२, २१-१३ ले पराजित गरे ।

यसैगरी एपीएफका दीपेश धामीले बाँकेका इरफान अन्सारीमाथि २१-११, २ १-७ ले तथा पुलिसका सुनील जोशीमाथि २१-१८, २१-११ को जित निकाले । सेनाका प्रफुल्ल महर्जनले पुलिसका दीपक बोहरामाथि २१-८, १९-२१ र २१-८ तथा भोजपुरका विकास श्रेष्ठमाथि २१-१७, २१-२३, २४-२२ को जित निकाले । यसैगरि सेनका नविन श्रेष्ठले दोहोरो जित निकाल्ने क्रममा पहिलो खेलमा पुलिसका सुनील जोशीलाई ९-२१, २१-१७, २१-१७ तथा दोश्रो खेलमा बाँकेका इरफान अन्सारीलाई २१-७, २१-१३ ले पराजित गरे ।

त्यस्तै भोजपुरका खेलाडी विकास श्रेष्ठले एपीएफका विजित थापामगरमाथि २१-१६, २१-१९, सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारमाथि २१-१२, ९-२१, २१-१८ले, एपीएफका गौतम कठायतले धादिङका सुदीप सेंढाईलाई २१-९, २१-१० ले, एपीएफका सुमन लिम्बुले सेंढाईलाई २२-२०, २१-१० ले पराजित गरे । प्रतियोगिताको अन्तिम लिग बिहीबार हुने रेफ्री किरण कारञ्जितले बताए ।

यस्तै महिलातर्फको खेलमा एपीएफकी शोभा गौचनले धादिङकी तारा आलेलाई २१-१२, २१-११ले, सेनाकी अनुमाया राईले जेष्ट ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्कालाई २१-६, २१-५ले, सेनाकी रशिला महर्जनले तारा आलेलाई २१-३, २१-३ ले तथा एपिएफकी जेशिका गुरुङ्गले मनिषालाई २१-५, २१-४ ले पराजित गरे । यसैगरी भोजपुरकी नङ्गशलदेवी तामाङ्गले विराट ब्याडमिन्टन क्बलकी २१-१९, २१-१२ ले तथा सेनाकी अमिता गिरीले एपिएफकी सुनैना मुखियालाई २१-१५, २०-२२, २१-१५ ले पराजित गरे ।

पुरुष एलकलको राष्ट्रिय १६ र्‍याङकिङ बाहेकका प्रतिस्पर्धामा विर्ता ब्याडमिन्टन क्लबका नविन सिलवाल, भोजपुरका विशाल तामाङ, कैलालीका रोशन खत्री, कञ्चनपुरका सुरभ बम र साईनो एस.एच.का सुजन थाप पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment