+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

किन महत्वपूर्ण छन् माघे संक्रान्तिमा खाइने आहारहरु ? 

डा.अच्युत शाली घिमिरे डा.अच्युत शाली घिमिरे
२०७७ पुष २९ गते २०:४८

नेपाली समुदायले माघे संक्रान्ति पर्व विशेष रुपमा मनाउँछन् ।माटो मुनी फलेको बालीको रुपमा तरुल, सखरखण्ड, पिँडालुका साथै चाकु, तिलको लड्डु, खिचडी पनि खाने प्रचलन छ। जाडो मौसममा शरीरलाई धेरै पौष्टिक आहार चाहिने भएकाले माघे संक्रान्तिमा खाइने यी आहारहरुले शरीरलाई आवश्यक शक्ति दिई रोगसँग लड्ने क्षमता समेत बढाउँदछ।

आयुर्वेद चरक संहिता, शिशिर ऋतुचर्या अनुसार यस समयमा शीत वायुको सम्पर्क शरीरसँग हुने हुनाले अग्नि भित्रै रोकिएर तीक्ष्ण हुन जान्छ । त्यसैले यस समयमा गुरु द्रव्य पाचन गर्ने सामर्थ्य शरीरमा रहन्छ र भोजन नपाउँदा रस आदिको क्षय हुन्छ। यस समयका सात्म्य (हित) रसमा स्निग्ध, अम्ल, लवण पर्दछन् भने सात्म्य (हित) आहारमा गोरस, इक्षुविकृति तैल,नयाँ अन्न पर्दछन् ।

तिल

धार्मिक कार्यमा समेत पवित्र अन्नका रुपमा चिनिने  तिलमा पर्याप्त क्याल्सियम र भिटामीन बी रहन्छ र यसले शरीरलाई उर्जा दिइराख्छ। तिलमा पाईने क्याल्सियमको प्रयोगले हड्डीलाई बलियो बनाउँछ। तिलको प्रयोगले खोकिलाई कम गर्नुको साथै कमजोरीपना हटाउछ। मुख गन्हाउने समस्यामा समेत तिल अति उत्तम मानिन्छ।

सखरखण्ड

सखरखण्डमा कार्बोहाइड्रेड हुने हुनाले शक्तिवर्धक रहन्छ। सखरखण्डमा फाइवर समेत प्रसस्त हुने हुनाले कब्जियतको  समस्या पनि कम गर्छ। रक्तचाप नियन्त्रण गर्न भूमिका खेल्ने सखरखण्डले पाचन प्रकियालाई समेत बलियो बनाउँदछ। भिटामिन ए र भिटामिन डी समेत उल्लेख्य पाइने हुनाले सखरखण्ड स्वस्थ आँखा र हड्डीका लागि उपयोगी रहन्छ। गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा नहुने हुनाले सखरखण्डले मधुमेह रोगलाई नियन्त्रण गर्न सक्दछ। सखरखण्डले मानिसको अनावश्यक तौल घटाउन समेत मद्दत पुर्याउँदछ। क्यान्सरको कारक तत्व मानिने फ्रि रेडिकल्ससँग लड्न समेत यसले मद्दत पुर्याउँदछ।

चाकु

जाडोको समयमा पाचन प्रणाली समेत मजबुद पारी राख्न र शरीरमा उर्जा र शक्ति कायम राख्न चाकु उपोयगी रहन्छ। चाकुमा आइरन हुने हुनाले रक्तअल्पताका बिरामीलाई समेत अत्यन्त फलदायी रहन्छ।

खिचडी

जाडोको मौसममा मासको दाल, घिउ र चामल मिसाई खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढाई तागत दिने काम गर्दछ ।

यसरी माघे संक्रान्ति पर्वमा खाइने आहार, स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छन् ।

फोटो : हेलोट्राभलडटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?