+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चन्द्रागिरिको आईपीओ भर्नेलाई केबलकारमा २५ प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २ गते १७:५७

चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ । कम्पनीले स्थापनाको ११औँ वार्षिक साधारणसभामा उक्त घोषणा गरेको हो।

चन्द्रगिरि हिल्स रिसोर्टमा सम्पन्न भएको साधारणसभामा उक्त घोषणा गरिएको कम्पनीले जनाएको छ। साधारणसभामा कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा भएको साधारणसभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको जनाइएको छ।

साधारणसभामा चन्द्रागिरि हिल्स लिमिटेडले कम्पनीको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाउनुभएको विश्वास अनि सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेको हुँदा सम्पूर्ण आवेदकहरूको सम्मान गर्दै कम्पनीका अध्यक्ष ढकालले योजना सार्वजनिक गरिएको जानकारी दिएका थिए।

स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि खुला गरिएको सेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७ सय ४६ आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्ने जनाइएको छ । योजना ५ माघदेखि १ वर्षसम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?