+

पीएम कप : पुलिस २९.३ ओभरमा १११ रनमै अलआउट

२०७७ माघ  ४ गते ११:४४ २०७७ माघ ४ गते ११:४४
पीएम कप : पुलिस २९.३ ओभरमा १११ रनमै अलआउट

४ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत अहिले समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेश खेलिरहेका छन् ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे पुलिस १११ रनमै अलआउट भयाे ।

साविक विजेता समेत रहेकाे पुलिसकाे याे लज्जास्पद ब्याटिङ हाे । पीएम कपमा पुलिसकाे याे अहिलेसम्मकै कम स्काेर हाे ।

बागमतीका बलरहरु नन्दन यादव र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि पुलिस २९.३ ओभर मात्र क्रिजमा टिक्याे ।

पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ रन बनाए । यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन जाेडे । बाँकी खेलाडीले दाहाेराे अंकमा रन छुन सकेनन् ।

पुलिसलाई अलआउट गर्न बागमतीका नन्दन यादव र तिलकराज भण्डारीले ४-४ विकेट लिए ।

तिलकले ७.३ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए । नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ४  विकेट लिए । यस्तै रामनरेश गिरीले २ विकेट लिए ।

प्रधानमन्त्री कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय