५ माघ, काठमाडौं । लिग लिडर बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा ४ अंकको अग्रता बनाएको छ । आइतबार भएको खेलमा फ्रेइवर्गलाई २-१ ले पराजित गर्दै बायर्नले दोस्रो स्थानको आरबी लाइपजिगमाथि ४ अंकको स्पष्ट अग्रता बनाएको हो ।
घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा बायर्नका लागि रोवर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे । फ्रेइवर्गका लागि निल्स पिटरसनले एक गोल फर्काए ।
खेलको सातौं मिनेटमा लेवान्डोस्कीले मुलरको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाए । पहिलो हाफमा बायर्नले अग्रता कायम राख्यो । ६२औं मिनेटमा निल्सले फ्रेइवर्गका लागि बराबरी गोल गरे ।
तर ७४औं मिनेटमा मुललरे लरे सानेको पासमा गोल गर्दै फेरि बायर्नलाई अग्रता दिलाए । मुलरको गोल निर्णायक बन्दा बायर्न विजयी हुँदै ३ अंक जोड्न सफल भयो ।
जितपछि १६ बायर्नले १६ खेलबाट ३६ अंक जोडेको छ । समान खेलबाट ३२ अंकसहित लाइपजिग दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4