Comments Add Comment

प्रधानमन्त्री क्रिकेट कप २०७७को प्रत्यक्ष प्रशारणका लागि डिशहोम र क्यानबीच समझदारी

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ क्यानद्धारा आयोजीत पीएम कप पुरुष (एक दिवसिय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा माघ २ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसिय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

माघ १७ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागिय गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी आर्मी, एपीएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् ।

त्यस्तै समूह ‘बी’मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुईदुई टोली सेमिफाइनलमा पुग्ने छन् । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ गते हुनेछ । फाइनल माघ १७ गते हुने छ ।
यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गरेको थियो । दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment