Comments Add Comment

विद्युत प्राधिकरण तनहुँका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

५ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्र, आँबु शाखामा कार्यरत कर्मचारी (तह-४) कृष्ण आलेविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीसँग गैरकानुनी रुपमा ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनीविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा आलेले पोल तथा तारहरु मर्मत गरी दिएवापत नियमानुसार बुझाउनुपर्ने रकम बाहेक सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको देखिना आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment