Comments Add Comment

इब्राहिमोभिचको दुई गोलमा एसी मिलान विजयी

६ माघ, काठमाडौं । ज्लाटन इब्राहिमोभिचले दुई गोल गरेपछि सिरी ए मा एसी मिलानले काग्लियारीलाई पराजित गर्दै पुन: ३ अंकको अग्रता बनाएको छ ।

सोमबार राति भएको खेलमा मिलानले काग्लियारीलाई २-० ले पराजित गरेको हो । साविक विजेता युभन्ट्सलाई पराजित गर्दै इन्टरले एसी मिलानसंग अंक बराबरी गरेको थियो । तर जितपछि मिलानले फेरि ३ अंकको अग्रता काम गरेको हो ।

काग्लियारीविरुद्ध २ गोल गरेपछि इब्राहिमोभिचले १३ खेलमा १३ गोल गरेका छन् ।

उनले खेलको सातौं मिनेटा पेनाल्टीमार्फत गोल गर्दै एसी मिलानलाई अग्रता दिलाएका थिए । यस्तै ५२औं मिनेटमा दोस्रो गोल गरे । ७४औं मिनेटमा एलेक्सिस साइलेमेकर्सले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा समेटिएको थियो ।

जितपछि लिग लिडर मिलानको १८ खेलबाट ४३ अंक भएको छ । समान खेलबाट इन्टरको ४० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment