Comments Add Comment

अनमोललाई आधा दर्जन फिल्मको अफर

चलचित्र ‘ए मेरो हजुर ४’को ९० प्रतिशत छायांकन सकेर बसेका नायक अनमोल केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् । यो चलचित्रका लागि अनमोल हरेक दिन जीम धाइरहेका छन् । के यसमा पनि शरीर बनाउनुपर्ने हो र भन्ने अनलाइनखबरको प्रश्नमा अनमोलले भने–‘शरीर बनाउने भनेर ‘कृ’ चलचित्रको जस्तो होइन । तर, पर्दामा केही फरक देखिने कोशिश गर्दैछु ।’

अनमोलले आफ्नै होम प्रोडक्शनको चलचित्रको मात्र होइन, बाहिरी ब्यानरका चलचित्रको स्क्रिप्ट पनि पढिरहेका छन् । अनमोलले भने–‘आधा दर्जन चलचित्रको अफर आएको छ । यसमध्ये २ वटा चलचित्रको कथा मन परेको छ । तर, सबैले मलाई वान लाइन मात्रै सुनाउनु भएको छ । पूर्ण स्क्रिप्ट आएपछि काम गर्ने वा नगर्ने पक्का हुन्छ ।’

अनमोलले यो बर्ष आफ्नो कुनै पनि चलचित्र दर्शकमाझ आउन नसकेपनि अर्को बर्ष भने ३ वटा चलचित्र रिलिज हुने संकेत गरे । उनले भने–‘अर्को बर्ष ३ वटा चलचित्र रिलिज हुन्छ होला । ‘ए मेरो हजुर ४, पारस’ र अर्को एक चलचित्र रिलिज हुने संभावना छ ।’

अनमोलले आफूलाई भिन्न शैलीमा प्रस्तुत गर्न सक्ने स्क्रिप्टको खोजीमा आफू रहेको पनि सुनाए । उनले भने–‘मलाई मन परेका २ कथाले मलाई फरक रुपमा प्रस्तुत गर्ने अपेक्षा गरेको छु ।’

अनमोलले चलचित्र साइन नगरी मिडियामा सार्वजनिक गर्दा पछि अप्ठ्यारो पर्न सक्ने भएकाले पनि केही समय चलचित्रको नाम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment