+
+

सेयर बजारमा तीव्र उतारचढाव, नेप्से परिसूचक ५ अंकले घट्याे

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते १५:१६

६ माघ, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले घटेको छ । दिनभर बजारमा तीव्र उतारचढाव पछि अन्तमा ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.८५ अंकले ओरालो लागेको छ । मंगलबार विहान कारोबार शुरु भएसँगै बजार बढ्न थालेको थियो ।

नेप्सेपरिसूचक बढेर २३६२ सम्म पुगेको थियो । त्यसुपछि भने घट्न शुरु भयो । दिनभरको घटबढ पछि अन्तमा ५.५७ अंकले घटेर बन्द भएको हो ।

कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ । सोमबार साढे ६ अर्बको कारोबार भएकोमा मंगलबार ७ अर्ब ४६ करोड रुपैयाँ भन्दा धेरेको कारोबार भएको छ । १ करोड ६३ लाख ५ हजार १४१ कित्ता सेयर मंगलबार किनबेच भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?