+
+

बैतडीमा आफन्तबाटै किशोरी बलात्कृत, दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते १६:४५
प्रतीकात्मक तस्वीर

६ माघ, कैलाली । बैतडीमा १६ वर्षीया किशोरी आफन्तबाटै बलात्कारमा परेकी छिन् ।

जिल्लाको सिगास गाउँपालिकामा १६ वर्षीया किशोरी काका र हजुरबुबा नाता पर्नेबाट बलात्कृत भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताए ।

‘किशोरीको परिवारले दिएको उजुरीको आधारमा दुईजनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी अधिकारीले भने, ‘अहिले घटनाबारे थप अनुसन्धान भइरहेको छ । ’

उनले दुवै जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको बताए ।

घटना केही समय अघिको भएको प्रहरीले जनाएको छ । ‘किशोरीको गर्भ रहेको खुलेपछि उनी बलात्कारमा परेको आफन्तले थाहा पाएका हुन्’ अधिकारीले भने ।

किशोरीको स्वास्थ्य चेक गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?