Comments Add Comment

प्रदेश सदस्य आलेद्वारा केन्द्रीय सदस्य अस्वीकार, अष्टलक्ष्मी शाक्यलाई समर्थन

७ माघ, काठमाडौं । बामगती प्रदेश सभा सदस्य रमा आले मगरले आफ्नो समर्थन अष्टलक्ष्मी शाक्यलाई नै रहेको बताएकी छन् । आलेलाई नेकपा केपी समूहले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

तर, उक्त पद अस्वीकार गरेको उनले बताइन् । ‘मेरो बारेमा अनेक हल्ला चलाइयो । केही भ्रामक प्रचार पनि भयो । तर, मेरो समर्थन अष्टलक्ष्मी शाक्यलाई नै छ’, उनले भनिन् । आले काठमाडौं–१० (ख) बाट निर्वाचित प्रदेससभा सदस्य हुन् ।

उनले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर समेत गरेकी छन् । बागमती प्रदेशसभा बैठक आजबाट शुरु हुँदैछ । नेकपा विभाजित भएपछि ओली समूहका मुख्यमन्त्री पौडेल विरुद्ध नेकपा प्रचण्ड–माधव समूहका ४५ जनाले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराउँदै शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ । यो प्रदेशमा मुख्यमन्त्री बन्न ५६ सांसद आवश्यक हुन्छ । अहिलेसम्म ४९ जनाले शाक्यलाई समर्थन रहेको र मुख्यमन्त्री बन्ने अवस्था हुँदा थप चार जनाले आश्वासन दिएको यो समूहले दावी गरेको छ ।
११० सदस्यीय प्रदेशसभामा नेकपासँग ८०, कांग्रेससँग २२, विवेकशील साझाका तीन र साना दलहरुसँग पाँच सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment