Comments Add Comment

सेयर बजारमा नयाँ रेकर्ड, नेप्से परिसूचक हालसम्मकै उच्च

८ माघ, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ३ सय ७४.६४ मा पुगेर नयाँ कीर्तिमान कायम भएको हो ।

बिहीबार नेप्से परिसूचक ३१.८७ अंकले उकालो लागेको छ । नेप्से परिसूचक समग्रमा राम्रो सुधार भए पनि बैंक र म्युचल फण्ड उपसमूह भने बढ्न सकेनन् ।

बैंकिङ परिसूचक ३.८३ अंक र म्युचल फण्ड ०.०५ अंकले ओरालो लागेको छ । कुल २०९ कम्पनीको १ करोड ८१ लाख ५६७१ कित्ता शेयर दोस्रो बजारमा आउँदा कारोबार रकम भने ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३२ रुपैयाँ पुगेको छ ।

लघुवित्तका लगानीकर्ताले धेरै कमाए

आज धेरै कमाउनेमा सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरु देखिएका छन् । सपोर्टको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किक ब्रेक नै लाग्यो । दिनभर कारोबार हुन नपाएको यस संस्थाको सेयर मूल्य १ सय ३८ रुपैयाँले बढेर १ हजार ५ सय १० रुपैयाँ पुगेको छ ।

धेरै कमाउने दोस्रो नम्बरमा स्वाभिमान लघुवित्त वित्तीय संस्था देखिएको छ । यस कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात १ सय ७८ रुपैयाँले बढेर १ हजार ९ सय ६२ पुगेको छ ।

यसैगरी सिद्धार्थ इन्स्यारेन्सको ९.९७ प्रतिशत, महिला सहयात्रा लघुवित्तको ९.९६ प्रतिशत, ग्रामीण विकास लघुवित्तको ९.९६ प्रतिशत, आशा लघुवित्तको ९.९६ प्रतिशत, सुर्योदय लघुवित्तको ९.९४, इन्फिनिटी लघुवित्तको ९.९४ प्रतिशत र युनाइटेड इन्स्यारेन्सको ९.९३ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।

यी कम्पनीका लगानीकर्ता, जसले धेरै गुमाए
सेयर बजार करिब ३२ अंकले बढ्दा पनि धेरै कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । बिहीबार सबैभन्दा धेरै गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंक पहिलो नम्बरमा देखिएको छ ।

नजारायणीको सेयर मूल्य ६.७० प्रतिशतले घटेर ६९६ रुपैयाँमा झरेको छ । धेरै गुमाउनेमा दोस्रो नम्बरमा देखिएको नेपाल हाइड्रोको सेयर मूल्य ४.२५ प्रतिशतले घटेर २४८ रुपैयाँमा झरेको छ ।

यसैगरी बरुण हाइड्रोपावरको ३.३३ प्रतिशत, बैंक अफ काठमाण्डूको २.१३ प्रतिशत, सनराइज फस्र्ट म्युअल फण्डको १.९६ प्रतिशत र मञ्जुश्री फाइनान्सको १.६५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment