Comments Add Comment

प्रचण्डलाई ओलीको प्रश्न : आफ्नै छोरीज्वाइँलाई मात्रै हेर्ने ? (भिडियोसहित)

८ माघ, काठमाडौं । नेकपा नेता पुष्पकमल दाहाल प्रचण्डले जनताका छोराछोरीलाई बेवास्ता गरेर आफ्नै छोरीज्वाइँलाई मात्रै हेरेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा ओलीले प्रचण्डमाथि प्रश्न गर्दै भने, ‘म उहाँलाई भन्न चाहन्छु, उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? योद्धाहरुका छोरीहरु छन् कि छैनन् ? ज्वाइँहरु छन् कि छैनन् ? आफन्त छन् कि छैनन् ? ती योद्धाहरु छन् कि छैनन् ? लड्नेबेलामा, ज्यान दिनेबेलामा योद्धा चाहियो, अरुका छोराछोरी चाहियो । आफ्ना छोराछोरी विदेशमा राखेर पढाउने, अनि तर मार्ने बेलामा मेरा त छोराछोरी छन्, के गर्ने !’

प्रचण्डले आफ्नी छोरीलाई भरतपुरको मेयर बनाएको र अर्का ज्वाइँलाई उपराष्ट्रपतिको सल्लाहकार बनाएकोतर्फ लक्षित गर्दै ओलीले यसरी कटाक्ष गरे–

केपी ओलीका छोराछोरी छैनन् । मेरा त छोरीहरु छन्, ज्वाइँहरु छन्, हेर्नैपर्‍यो । बनाउनैपर्‍यो । छोरी भएका मान्छेले त मेयर बनाउनै पर्‍यो । बनाउन भोटले पुगेन भने मतपत्र च्यात्नैपर्‍यो । ज्वाइँ छन्, के गर्ने अब घर किन्दिनै पर्‍यो, घडेरी किन्दिनै पर्‍यो । घर किन्दिनैपर्‍यो । पद ओहोदा दिनैपर्‍यो । केपी ओलीका छैनन्, कल्लाई देओस्, मेरा त छन्, दिन्छु ! गज्जप हो, बहादुर हो । बाबु त यस्तो होस् ! ससुरो त यस्तो होस् ! गज्जप हो !

एउटा कुरो म उहाँलाई सम्झाउँछु । मलाई त सञ्चै छ । यो देशका सबै केटाकेटीलाई म आफ्नै केटाकेटी ठान्छु । मेरा आफ्नै केटाकेटीका लागि मलाई केही गर्नु छैन, त्यसमा मलाई न गौरब, न हर्ष, न विस्मात्, केही पनि छैन । तर, म उहाँलाई भन्न चाहन्छु, उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाहरुका छोराछोरी छन् कि छैनन् ? उहाँलाई त्यो ठाउँमा पुर्‍याउने योद्धाहरुका छोरीहरु छन् कि छैनन् ? ज्वाइँहरु छन् कि छैनन् ? आफन्त छन् कि छैनन् ? ती योद्धाहरु छन् कि छैनन् ? लड्ने बेलामा, ज्यान दिने बेलामा योद्धा चाहियो । अरुका छोराछोरी चाहियो । आफ्ना छोराछोरी विदेशमा राखेर पढाउने, अनि तर मार्ने बेलामा मेरा त छोराछोरी छन्, के गर्ने ?

अरुका पनि त छोराछोरी हुन् । अरुका छोराछोरीको पनि ज्यान हो । अरुका छोराछोरीका पनि हातखुट्टा हुन् । अरुका छोराछोरीका पनि टाउका हुन् । अरुका छोराछोरीका पनि ज्यान हुन् । त्यो चाहिँ काठको बनाएको हो ? भाँचे पनि हुन्छ ? फुटाए पनि हुन्छ ? जे गरे पनि हुन्छ ? अरुका छोराछोरी के खेलाउने पुतली हुन् ? पसलमा बेच्न राखेका पुतली ? त्यति पनि भाऊ छैन जनताका छोराछोरीको ? तिनको हालत के छ ? मेरा त छोराछोरी छन्, हेर्नुपर्छ अरे ! अरु हेर्नुपर्छ कि पर्दैन ? देश बनाउन भनेर जसलाई होमियो, तिनलाई हेर्नुपर्छ कि पर्दैन ?

खैर, मलाई उहाँहरुसँग दन्तबझान गर्नु छैन । कालो झण्डा गाडेर बस्नुभाको छ । काला बेलुन उडाउनुभएको छ । काला सपना देख्नुभाको छ । कालो मनसाय लिनुभको छ । मैले के भन्नु ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment