+
+
Shares

समिर र अन्जुको ‘झम्के माया’मा राहुल र स्वस्तिमाको गज्जबको नृत्य

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ९ गते १७:४९

अष्ट्रेलियामा रहेका गायक समिर आचार्यका केही गीतहरुले दर्शकको मन जितेका छन् । ‘दुनिया बेग्लै छ, घाममा सुकाइदेउ’ लगायतका हिट गीतका गायकले फेरि दर्शक तथा श्रोतामाझ नयाँ गीत ‘झम्के माया’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीतमा समिरलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् ।

गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत छ । सार्वजनिक गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल राहुल शाहको नृत्य हेर्न सकिन्छ । स्वस्तिमा र राहुलको नृत्यले दर्शकको मन जित्न सक्छ ।

भिडियोलाई राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा मनोज बस्नेतको लगानी छ । यो गीतको भिडियोमा पवन सुस्लिङको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?