+

एमबाप्पे र नेमारको गोलमा पीएसजीको शानदार जित

२०७७ माघ  १० गते ८:०७ २०७७ माघ १० गते ८:०७
एमबाप्पे र नेमारको गोलमा पीएसजीको शानदार जित

१० माघ, काठमाडौं । किलिएन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वानमा मोन्टेपिलरमाथि शानदार जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले दश खेलाडीमा समेटिएको मोन्टेपिलरलाई ४-० ले पराजित गरेको हो । पीएसजीका लागि नेमार र माउरो इकार्डीले एक एक गोल थपे ।

खेलको १८औं मिनेटमै जोनास ओमलिनले रातो कार्ड पाएपछि मोन्टेपिलर दश खेलाडीमा झरेको थियो ।

त्यसपछि पीएसजीले चार गोल गर्‍यो । ३४औं मिनेटमा एमबाप्पेले पहिलो गोल गरे ।

दोस्रो हाफमा पीएसजीले चार मिनेट अन्तरमा ३ गोल गर्‍यो ।

६०औं मिनेटमा नेमारले गोल गर्दै अग्रता दोब्बर पारे । ६१औं मिनेटमा इकार्डीले गोल गरेपछि पीएसजीले ३-० को अग्रता बनायो । ६३औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै सहज जित दिलाउ ।

जितपछि २१ खेलबाट ४५ अंक जोडेको पीएसजीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ । २० खेलबाट ४२ अंक रहेको लिले दोस्रो स्थानमा छ ।

पीएसजी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय