Comments Add Comment

लुम्बिनीसँगको खेल टाई भएपछि बागमती सेमिफाइनलमा

फाइल तस्वीर

११ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बागमती र लुम्बिनी प्रदेशले बराबरी खेलेका छन् ।

खेलमा दुवै टिमले समान २२० रन बनाएपछि म्याच टाई भएको हो । बराबरी भएपछि दुवै टिमले १-१ अंक बाँडेका छन् ।

बागमतीले ४ खेलबाट ७ अंक जोड्दै सेमिफाइनल प्रवेश गरेको छ । लुम्बिनीले ४ खेलबाट ५ अंक जोडेको छ । लुम्बिनीले सेमिफाइनल पुग्न पुलिस प्रदेश २ सँग पराजित हुनुपर्नेछ ।

पुलिस र प्रदेश २ बीच समूहको अन्तिम खेल सोमबार हुनेछ ।

मुलपानी मैदानमा भएको खेलमा बागमतीले दिएको २२१ रनको लक्ष्य लुम्बिनीले ४८ ओभर खेल्दै सबै विकेट गुमाएर २२० रन नै बनाएपछि खेल बराबरी भएको हो ।

लुम्बिनीलाई जितका लागि १ रन चाहिएको बेला लुम्बिनीका दीपेन्द्र रावत रनआउट भएपछि जितबाट बञ्चित भयो ।

लुम्बिनीका लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले समान ४१ रन बनाए । यस्तै सौरभ खनालले ३४, देव खनालले २६ र सन्दिप सुनारले २५ रन बनाए ।

बागमतीका लागि बलिङमा विपिन आचार्यले ४ र गौतम केसीले २ विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२० रन बनाएको हो ।

बागमतीका लागि ओपनर आदिल खान र इशान पाण्डेले अर्धशतक प्रहार गरे । ओपनर आदिलले ८७ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ५५ रन बनाए । इशानले ५३ लब खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५१ रन बनाए ।

यस्तै आकाश थापाले ३९ र पृथु बास्कोटाले २९ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १४ रन बनाएर आउट भए । नन्दन यादव ११ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि आदिल र आकाश थापाले ६३ रनको साझेदारी गरेका थिए । तर लुम्बिनीका दिपेन्द्र रावतले आदिल र बिभत्सु थापालाई २०औं ओभरमा आउट गरेपछि बागमतीले दुई विकेट गुमायो ।

आकाशले ३९ रन बनाए । त्यसपछि आदिल पनि ३२औं ओभरमा आउट भए । यसअघि लगातार दुई अर्धशतक प्रहार गरेका पृथु बास्कोटा पनि २९ रन बनाएर आउट भए । कप्तान ज्ञानेन्द्र मल्ले १४ रन बनाए । विपिन आचार्य शून्य, गौतम केसी ८ र रामनरेश गिरी ३ रन बनाएर आउट भए ।

बलिङमा लुम्बिनीका दिपेन्द्र रावतले ३ तथा कृष्ण कार्की र सन्दिप सुनारले २ विकेट लिए । विक्रम भुषाल र अनिल खरेलले समान १ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment