+
+
Shares

नेकपा एकताका लागि दबाव दिन प्युठानमा १०१ सदस्यीय कमिटी गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १२ गते १२:२४

१२ माघ, प्युठान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः एकता गराउने भन्दै उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्ने चर्चा चलिरहेका बेला प्युठानमा कमिटी नै गठन भएको छ ।

पार्टी एकताका लागि दबाव सिर्जना गर्न भन्दै १०१ सदस्यीय कमिटी गठन गरिएको हो ।

एकता पक्षधरका अगुवा कार्यकर्ताको भेलाले टिकाबहादुर गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको सचिव इमानसिंह भारतीले बताए । भेलाले पार्टी विभाजनबाट रोक्न दबाव सिर्जना गर्ने निर्णय गरेको उनले बताए ।

भेलाले गरेका निर्णयहरु पार्टी केन्द्रीय कार्यालय र जिल्ला कार्यालयमा पठाइनेछ ।

‘दुवै पक्षका भेला सभाहरुमा नेताहरुको अभिव्यक्तिमा प्रयोग गरिने शब्दहरु पार्टी तथा आम कार्यकर्ताका मनोभावनामा चोट पुग्ने खालका भएकाले दुःख व्यक्त गर्ने र यस्ता शब्द प्रयोग नगर्न अनुरोध गर्ने निर्णय गरेका छौं,’ सचिव भारतीले भने, ‘पार्टी एकताका आधार पत्र र आचारसंहिता तयार गरी हस्तान्तरण गर्ने योजनामा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?