+
+
Shares

महंगो रकममा घर किन्दै सोनाक्षीले पुरा गरिन् सपना

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १२ गते १२:२१

बलिउडका विवाहित हुन् या अविवाहित कलाकार । उनीहरु, बलिउडमा सफल हुँदै गएपछि आफैले किनेको घरमा रमाउन चाहन्छन् । परिवारसँग अलग भएर आफ्नै दुनियाँमा रमाउने कलाकारहरुको संख्या बलिउडमा धेरै छ । रणवीर कपुर, आलिया भट्ट, जाहन्वी कपुर लगायतका कलाकारले गतबर्ष मुम्बइमा घर किनेका थिए । अब, यो सूचीमा नायिका सोनाक्षी सिन्हा पनि मिसिएकी छिन् ।

सोनाक्षीले मुम्बइको बान्द्रा इलाकामा ‘४ बीएचके’ घर किनेकी छिन् । सोनाक्षीले आफूले सानैदेखि देखेको सपना पुरा गरेको प्रतिक्रिया भारतीय मिडियासँग दिएकी छिन् ।

एक भारतीय म्यागेजिनसँग कुरा गर्दै सोनाक्षीले भनिन्–‘जब मैले बलिउडमा काम गर्न सुरु गरेँ, मेरो सपना थियो कि म आफ्नै कमाइले एउटा घर किन्न सकुँ । ३० बर्षको उमेर नपुग्दै घर किन्ने चाहना मेरो थियो । तर, मैले ३० बर्षमै त घर किन्न सकिनँ, तर आज आएर सपना भने पुरा गरेकी छु ।’

सोनाक्षीले नयाँ घर किनेपनि आफूले तत्काल बुबा–आमाको साथ भने नछाड्ने बताएकी छिन् । उनले भनिन्–‘तत्काल नयाँ घरमा बस्ने मेरो कुनै योजना छैन । तर, मैले आफ्नो सपना पुरा गर्नका लागि घर खरिद गरेकी हुँ ।’

गतबर्षको नोभेम्बर महिनामा घर किनेर सोनाक्षीले डिजाइन समेत गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?