Comments Add Comment

जीभी र राकुटेन भाइबरबीच सहकार्य  : इ-फार्मेसी च्याटबटको साथ

जीभी हेल्थ प्रालिनेपालको प्रमुख हेल्थ-टेक सर्भिस प्रदायकले विश्वव्यापी रुपमा तत्काल मेसेजिङ्ग, च्याट र भ्वाइसओभर गर्ने आईपी प्लेटर्फम राकुटेन भाइबरसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ ।

भाइबर प्रयोगकर्ताहरुले च्याटबटको माध्यमबाट आफ्नो प्रेसक्रिप्सन अपलोड गरी उनीहरुलाई आवश्यक औषधि अनलाइन मगाउन सक्षम हुने पहिलो पटक भएको कारणले यो सहकार्य अद्वितीय भएको छ । जीभी हेल्थले पहिले नै पूर्ण रुपमा क्रियाशील जीभी नामबाट हेल्थकेयर एप संचालन गर्दै आएको छः अब प्रयोगकर्ताहरुले सुविधाजनक भाइबरमा जीभी हेल्थ च्याटबट मार्फत् सिधै औषधि मगाउन सक्नेछन् ।

जीभी र भाइबरको यो संयुक्त पहलको अवसर पारेर जीभीले प्रेसक्रिप्सन औषधिहरुमा १२ प्रतिशत छुट र स्किन केयर उत्पादनहरुमा २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ । च्याटबटबाट अर्डर गर्ने ग्राहकहरु मासिक लक्की ड्रको लागि पनि योग्य हुनेछन्, जुन लक्की ड्रबाट उनीहरुले १० हजार रुपैयाँ बराबरको गिफ्ट हृयाम्पर जित्न सक्नेछन् ।

यसका अलावा च्याटबटमा प्रयोगकर्ताहरुलाई जू द काऊ, बीर द याकर डोजो चरित्रहरुमा आधारित स्टिकरहरुको एक सेटसम्म पनि पहुँच रहनेछ । प्रयोगकर्ताहरुले सामान्य र स्वास्थ्य निर्दिष्ट विषयहरु समेटिएका स्टिकरहरु पाउने अपेक्षा राख्न सक्छन् । यी प्याकलाई”ज, बीर र डोजो”नाम दिइएको छ ।

कोभिड-१९ को कारण प्रेरित डिजिटल बजारका निम्ति बढ्दो माग भइरहेको अवस्थामा र जीभीको हालको २ लाख प्रयोगकर्ताहरु र भाइबरको व्यापक नेपाली प्रयोगकर्ताहरुका साथ स्वास्थ्य हेरचाहको लागि आपसी आबद्धतामा प्रवेश गर्नुयो एक स्वाभाविक गतिशीलता पनि हो ।

‘राकुटेन भाइबरको जीभीसँगको साझेदारीले भाइबर आफ्ना प्रयोगकर्ताहरुको जीवन सहज बनाउने बहुउद्देश्यीय जीवनपर्यन्त एप बन्ने दिशातर्फ उन्मुख हुनु हो । यो मेडिकल च्याटबटले हाम्रा नेपाली प्रयोगकर्ताहरुलाई औषधि पसलमा सशरीर उपस्थित भइरहनु पर्ने अवस्थालाई कम गराउँछ र साथै राम्रो सुविधाहरुमा तत्काल पहुँच पनि दिलाउँछ । हामी विश्वास गर्छौं कि यो फिचर मानिसहरुको आवतजावतलाई सीमित तुल्याइएको आजको दिन र परिस्थितिमा झन् बढी महत्वपूर्ण भएको छ,’एपिएसिका सिनियर डाइरेक्टर डेविड सेले भने।

‘नेपाल जस्तो देश जहाँ स्वास्थ्य हेरचाहका सुविधाहरु अत्यन्त न्यूनछन्, जीभीले डिजिटल मेडिकेयरको पहुँच सम्भव भएसम्मको सरल बनाउँदै यहाँको स्वास्थ्य परिदृश्य परिवर्तन गर्ने लक्ष्य लिएको छ,’जीभीकाप्रोडक्ट म्यानेजर मोहम्मदनाबेदले भने ।

यसमा भएको ‘अपलोड र अर्डर’फिचरको एक मुख्य विशेषता यो छ कि प्रयोगकर्ताहरुले औषधिहरु मगाउन जीभीमा साइन अपगरिरहनु पर्दैन । उनीहरुले आफ्ना औषधिहरुको विवरण सजिलै प्रविष्ट गर्न वायसको लागि आफ्नो प्रेसक्रिप्सन अपलोड गर्न सक्छन् । यसको अर्को पक्ष भनेको जीभीएप पछि डाउनलोड गर्न चहाने प्रयोगकर्ताहरुले डाटा पुनपर््राप्ती गर्न सक्छन् जस पश्चात प्रयोगकर्ताहरुले उनीहरुको अर्डरहरु र प्रेसक्रिप्सनहरुलाई पुनप्राप्ति गर्न आफ्नो फोन नम्बर सजिलै प्रविष्ट गरे पुग्छ ।

‘जीभी र भाइबर च्याटबट भाइबर प्रयोगकर्ताहरुलाई देशभर प्रेसक्रिप्सनका औषधिहरु मगाउनलाई सुविधा दिने हाम्रो एक प्रयास हो । हामीलाई विश्वास छ यो फिचरले नेपालमा जहाँकहीं पनि जीवन बचाउने औषधिहरुमा पहुँच बढाउन मद्दत पुग्नेछ । यसप्रकारको यो सेवा विश्वमा नै पहिलोपटक सुचारु गरिएको सेवा हो,’ जीभीको संस्थापक एवं सिइओ आभुषण ज्योति कंसाकारले बताए ।

नेपालमा र सम्भवतः प्रविधिको माध्यमबाट विश्वमा स्वास्थ्य स्याहारको भविष्य परिवर्तन गर्ने उद्देश्यबाट अभिप्रेरित, यो एक अवसर हो जीभीका लागि उनीहरुको लक्ष्य अघि बढाउन, साथसाथै भाइबरको लागि पनि आफ्नो पहिले नै व्यापक उपयोगीता संचालित प्लेटर्फम उन्नत गर्ने अवसर हो ।

औपचारिक तवरमा २०७६ साउन २७गते दर्ता भएको जीभी हेल्थ प्रालिको उद्देश्य प्रविधिमार्फत् जीवन बचाऔं भन्ने रहेको छ । यसको स्थानीय रुपमा नै विकसित एप ‘जीभी’को निर्माण स्वास्थ्य प्रविधिको प्रगति तथा स्वास्थ्य सुविधाहरु र तिनमा पहुँचबीचको विशाल खाडल पुर्ने उद्देश्यका साथ गरिएको थियो ।

आईओएस र एण्ड्रोइड प्लेटर्फमहरुमा उपलब्ध, जीभीमा हाल २०० हजार प्रयोगकर्ताहरु आबद्ध छन् । यसले हालैमात्र आफ्नो डेलिभरी सेवा देशको ५० विभिन्न स्थानहरुमा विस्तार गरेको छ र यसलाई सीमाभन्दा पर पनि विस्तार गर्ने अपेक्षा राखेको छ । यसले हाल उपलब्ध गराएको सेवाहरुमा इ-फार्मेसी, नमस्ते डक्टरूअनलाइन परामर्श, स्मार्ट मधुमेह व्यवस्थापन, रगत संकलन, डिजिटल प्रेसक्रिप्सन र अनलाइन् मेडिकल भेटघाट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment