Comments Add Comment

माउन्ट केटुको विश्व कीर्तिमानी आरोही स्वदेश फिर्ता, विमानस्थलमा स्वागत

१३ माघ, काठमाडौं । हिउँदयाममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका नेपाली आरोहीहरु काठमाडौं फर्किएका छन् ।

निर्मल पुर्जासहितको टोलीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छा र खादासहित स्वागत गरिएको छ । स्वागतका लागि टानका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए ।

नेपालका १० जना पर्वतारोहीले यही माघ ३ गते पाकिस्तानस्थित माउन्ट केटु हिमालको सफल आरोहण गरेका थिए ।

नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले स्थानीय समयअनुसार शनिबार साँझ ५ः४५ बजे ८ हजार ६११ मिटर अग्लो माउन्ट केटुको सफल आरोहण गरेका थिए । दश आरोहीमध्ये निर्मल पुर्जाले अक्सिजनविना नै आरोहण गरेका थिए ।

नेपाली आरोहीहरुलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले आफ्नै निवासमा बोलाएर बधाई दिएका थिए ।

 

 

फोटो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment