Comments Add Comment

टोटनहम एफए कपको पाँचौ चरणमा

१३ माघ, काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ ले पराजित गर्दै टोटेनहम प्रिक्वाटरफाइनलमा पुगेको हो ।

वान्डरसको मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थामा टोटेनहमले पुनरागमन गर्दै चार गोल गरेको हो ।

खेलको २५ औं मिनेटमा फ्रेडले गोल गर्दै घरेलु टोली वान्डरसलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिक्न सकेन । ४५ औं मिनेटमा गारेथ बेलले टोटेनहमका लागि बराबरी गोल फर्काए ।

टोटनहमले अन्तिम चार मिनेटमा तीन गोल गरेको थियो । ८६ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा टानगुए एनडोम्बेले गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि ९० औं मिनेटमा एनडोम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ४-१ को जित दिलाए ।

टोटेनहमले अब पाँचौ चरणमा एभर्टनसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment